काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि अनवरत यात्रा गरिरहेका सर्जक सागर बिरही कुशल सिर्जनाकर्ता मात्र होइनन्, संगीत संयोजन र अभिनयमा पनि दखल राख्ने बहुप्रतिभाशाली व्यक्ति हुन्।
हालै मात्र उनले सार्वजनिक गरेको गीत "नरोई नरोई बस" ले चौतर्फी चर्चा पाएको छ। यो गीतले गरिब परिवारको प्रेमकथा अडियो र भिडियो माध्यमबाट भावनात्मक रूपमा प्रस्तुत गर्न सफल भएको छ। गीतमा बिरहीले लेखेका उत्कृष्ट शब्द र सुमधुर संगीतले श्रोता-दर्शकको मन जितेको छ।
गीतमा सुनिता बुढा क्षेत्री र किसान लुङ्गेली नगरको आवाज सुन्न सकिन्छ। भिडियोको निर्देशन स्वयं सागरले गरेका छन्, जसमा उनले अभिनय पनि गरेका छन्। उनको अभिनयमा जुना गुरुङले साथ दिएकी छिन्। अडियो र भिडियो दुवै पक्षबाट गीत अत्यन्तै उत्कृष्ट बनेकोछ।