काठमाडौं । नेपाली अभिनय क्षेत्रमा छोटो समयमै राम्रो छाप छोड्न सफल मोडल अशोक पौडेल अभिनीत नयाँ गीतहरू लगातार सार्वजनिक भइरहेका छन्। यसै क्रममा ‘माया भन्दा ठूलो रै’छ धन’ बोलको गीत भर्खरै सार्वजनिक गरिएको छ।
जीवनयापनका लागि माया मात्र होइन, धन पनि आवश्यक छ र यही धन कमाउन विदेशिनु पर्ने बाध्यतालाई गीतमा प्रस्तुत गरिएको छ। शान्ती श्री परियार र तिलक बस्नेत को स्वर रहेको गीतको शब्द तथा संगीत तिलक बस्नेतले नै सिर्जना गरेका छन्।
गीतको निर्देशन सिर्जन बराल ले गरेका छन् भने भिडियोमा अशोक पौडेललाई निरुता शाही ले अभिनयमा साथ दिएकी छिन्। गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।