काठमाडौंं - सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मंसिर १४ गते बुधवार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।