लालुमै टिमको दिलमाया,अडियो -भिडियो उत्कृष्ट कस्तो आउला दर्शकको प्रक्रिया ?

काठमाण्डौ । केही वर्ष पहिला लालुमै बोलकाे गीत सार्वजनिक गरेर करोड क्लबको सफलता पाएको टिमले नयाँ गीत दिलमाया लिएर आएको छ । यो टिमको सहकार्यलाई दर्शकले निकै मन पराउने गरेका छन । यो पटक टिममा केही नयाँ अनुहार थपिएका छन भने धेरै जसो गीतको टिम उही रहेको छ । 

यो पटक पनि सो टिमले सार्वजनिक गरेको गीत उत्तिकै उत्कृष्ट रहेको छ भने दर्शकको नजरमा कत्तिको पर्छ भन्ने कुरा भने समयले देखाउने छ । माया प्रेमलाई कलात्मक शब्द र सुमधुर सङ्गीतमा उतारेका लोकप्रिय सर्जक शिव हमालले गीतबाट आफूहरूले समेत राम्रो आशा गरेको बताउनु भयो । 

अहिलेकी चर्चित गायिका शान्ति श्री परियार र सन्दिप न्यौपानेको आवाज रहेको गीतमा प्रकाश भट्टले यो पटक पनि भिडियो निमार्णमा निकै मेहनत गरेको देख्न सकिन्छ । लाखौं खर्च भएको भिडियो एउटा राज खान्दानी परियारको प्रेम कथालाई देख्न सकिन्छ । 

शिव हमाललेको युउटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सन्दिप न्यौपाने,अञ्जली अधिकारी र निक्स शर्माले अभिनय गरेका छन । गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन भने संगीत संयोजन सुदीप सागरले गरेका छन । 

 

प्रतिक्रिया