तेह्रथुम पावरको आइपीओमा बाँडफाँड बुधबार ? यस्तो छ तयारी

काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ । 

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम अघि बढेको छ । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका  सर्वसाधारणका लागि छुट्याएको थियो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ । 

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा २३ लाख भन्दा धेरैले आवेदन दिएका थिए । 

 

प्रतिक्रिया