नेप्सेमा भारी गिरावट, सूचक ४६ अंकले घट्यो

काठमाडौं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। सूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा झरेको छ। १.६४ प्रतिशतको गिरावटसँगै आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ।

बजार बन्द हुँदा २४ कम्पनीको शेयर मूल्य बढेको भए पनि २१७ कम्पनीको मूल्य घटेको छ, भने २ कम्पनी स्थिर रहेका छन्। दिनभर ३१५ कम्पनीको १ लाख १२ हजार ३४७ पटक कारोबार भएको छ।

१३ वटै समूह राताम्य भएका छन्। सबैभन्दा बढी अन्य समूह २.६९ प्रतिशतले घटेर २,०४४.५० विन्दुमा पुगेको छ, जबकि सबैभन्दा कम गिरावट ट्रेडिङ समूहमा ०.८१ प्रतिशत मात्र देखिएको छ। अन्य समूहहरूमा वाणिज्य बैंक १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त १.५८, म्युचुअल फण्ड १.०४, र निर्जीवन बीमा १.२६ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया