काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष श्रेष्ठले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। उनले पनि आजै सञ्चारमन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र बुझेका छन्।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारी सम्हाल्न आएका दुवै अध्यक्षप्रति सरकारको उच्च अपेक्षा रहेको बताए।
उनले सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा अन्य उम्मेदवारभन्दा उनीहरूलाई छनोट गरेको उल्लेख गर्दै नियामक निकायहरूले आफ्नो भूमिका प्रभावकारी र जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।