काठमाडौं - लघुवित्त कम्पनीहरुले संगठीत संस्थाहरुको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था लागू गरेको हो । हाल कायम रहेका यस्ता लगानीहरु पनि २०७९ असार मसान्तभित्रमा विनिवेष गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यो निर्देशन यसअघि नै आइसकेको हो । केन्द्रीय बैंकले एकीकृत निर्देशनमा अहिले समेटेको मात्र हो । केन्द्रीय बैंकले यसअघि जारी गरेका निर्देशन तथा परिपत्रहरुलाई यसमा समावेश गर्छ । केही नयाँ संशोधन तथा परिमार्जनसहितका व्यवस्था पनि हुन सक्छ ।
यो विषय पहिला नै आइसकेको हुँदा बजारमा त्यति असर नगरे पनि धेरै नयाँ लगानीकर्ताले यो विषय नयाँ भएको बताइरहनु भएको छ ।