आइएफसीले नेपालमा लगानी विस्तार गर्ने, हरित ऊर्जा र रोजगार वृद्धि प्राथमिकतामा

काठमाडौं - अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा आफ्नो लगानी विस्तार गर्ने भएको छ। आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा लगानी थप गर्ने योजना सार्वजनिक गरेका हुन्।

गत वर्ष आइएफसीले नेपालमा १०० मिलियन अमेरिकी डलर लगानी गरेको थियो। भेटका क्रममा निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगार वृद्धि, र आर्थिक सहभागितालाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालमा आफ्नो टिमले लगानी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानीको आवश्यकता रहेको बताउँदै नेपालका प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर आइएफसीले लगानी गर्न आग्रहगरे।

प्रतिक्रिया