रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौंँ - बैंकहरुमा विस्तारै निक्षेप संकलन बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा खर्च भएको रकम बैंकहरुमा भित्रिन थालेको हो । जेठ महिना लागेपछि हालसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
गत बैशाख ३० गतेसम्म ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले जेष्ठ १३ गतेसम्म १३ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ संकलन गरेका हुन् । त्यस्तै, एक सातामा वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि जेठ ६ गते ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप भित्र्याएका बैंकहरुले एक सातामा ६ अर्ब रुपैयाँ बढाएका हुन् ।
यता, जेठ महिना लागेदखि हालसम्म बैंकहरुले ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअघि बैशाख मसान्तसम्ममा ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले १३ दिनको अवधिमा ६ अर्ब रुपैयाँ बढाएर जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ वितरण गरेका हुन् ।
त्यस्तै, एक सातामो अवधिमा भने बैंकहरुले ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअघि जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
स्थानीय तहमा भएका खर्च रकम विस्तारै बैंकिङ्ग प्रणालीमा भित्रिएपछि तरलता अभाव पनि विस्तारै कम हुँदै जाने विश्वासमा बैंकरहरु रहेका छन् । नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.४१ प्रतिशत रहेको छ ।