प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १०% छुट

काठमाडौं । Indraprastha Apollo Hospital र Prabhu Bank Limited बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकले इन्द्रप्रस्थ अपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकका अनुसार अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीले औषधि तथा उपभोग्य सामग्रीबाहेकका सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यसैगरी भर्ना नभई उपचार गराउने बिरामीले औषधि र परामर्श शुल्कबाहेकका अन्य सेवामा १० प्रतिशत छुट सुविधा पाउने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहनेछ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ।

हाल प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय