आजबाट इन्धन ढुवानी सुचारु


काठमाडौं–ढुवानी भाडा बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेर आजबाट ढुवानी सुचारु गरेका छन् । माग पूरा हुने भएपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता गरेका हुन् । 


व्यवसायीले ढुवानी भाडादर वृद्धि गर्न भन्दै  २४ भदौबाट हडताल सुरु गरेका थिए । बुधबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा भएको छलफलमा ७ साउनसम्ममा सञ्चालक समितिबाट निर्णय गराई ढुवानी भाडा वृद्धि गर्ने सहमति भएको छ ।


महासंघ अध्यक्ष खगेश्वर बोहोरा र निगमको आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै हडताल फिर्ता लिने र ढुवानी भाडादर वृद्धि गर्ने निर्णय भएको हो ।


सहमतिपत्रको पहिलो बुँदामा भनिएको छ, ‘पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि पेस भएका मागका विषयमा व्यवसायीको मागअनुरूपको भाडा वृद्धि सम्बन्धित सञ्चालक समितिमा पेस भएको प्रतिवेदन आगामी असोज ७ गतेसम्ममा निर्णय गरी लागू गर्ने सहमति गरियो ।’
 

प्रतिक्रिया