रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई चार वर्गमा विभाजन गरेको छ । नेप्सेले 'ए', 'बी', 'जी' र 'जेड' गरी ४ वर्गमा विभाजन गरेकाे हाे ।
ए’ वर्गमा २५ वटा वणिज्य बैंक, ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्राेपावर र एउटा उत्पादन समूहका कम्पनी परेका छन् ।
'बी' वर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्राेपावर र एउटा लगानी समूहकाे कम्पनी परेका छन्। यस्तै 'जी' वर्गमा ८ वटा लघुवित्त, ५ वटा लाइफ इन्स्याेरेन्स, ३ वटा नन लाइफ इन्स्याेरेन्स, १४ वटा हाइड्राेपावर, एउटा हाेटल, ४ वटा लगानी समूहका कम्पनी र अन्य समूहकाे एउटा कम्पनी परेका छन् ।
जेड' वर्गमा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, ४० वटा लघुवित्त, ७ वटा लाइफ इन्स्याेरेन्स, १५ वटा नन लाइफ इन्स्याेरेन्स, २८ वटा हाइड्राेपावर, एउटा लगानी समूह, ४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादन तथा प्रषाेधन समूहका कम्पनी, ४ वटा हाेटल र अन्य समूहका २ वट कम्पनी परेका छन् ।