आयल निगममा जागिर खाने सोचमा हुनुहुन्छ ? हजुरको लागि हुन सक्छ सुनौलो अवसर

काठमाण्डौ । सँधै घाटामा गइरहे पनि कर्मचारीहरूको लागि आकर्षक जागिरको रुपमा नेपाल आयल निगम लिमिटेड पर्ने गर्दछ । सोही कम्पनीमा अहिले नयाँ कर्मचारी माग भएको छ । 

निगमले आज एक सूचना प्रकाशित गर्दै तह विहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ। 


बाउजर अप्रेटरदेखि निर्देशक सम्मका पदहरूमा ६० जनाका लागि दरखास्त खुलाइएको छ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्। दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ। 

प्रतिक्रिया