अर्थमन्त्रीले शेयर बजार प्रति देखाए चासो,समास्या समाधान गर्न अनुरोध

काठमाण्डौ - अर्थमन्त्री जर्नादन शर्माले पछिल्लो समय शेयर बजारमा देखिएको समस्या समाधान गर्ने तर्फ चासो देखाउनु भएको छ ।
 
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ । 

कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ–के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नुभएको छ ।   

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

प्रतिक्रिया