काठमाण्डौ । प्राथमिक शेयर निष्कासनमा सबै भन्दा धेरै जलविद्युत कम्पनीहरु छन । प्राथमिक पुँजी जोगाउने सबै भन्दा सजिलो माध्यम भनेको आइपीओ हो ।
यसैबीच सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले रु १०० रूपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोड रूपैयाँ बराबरको साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ ।
कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बिक्रि प्रबन्धक चयन गरिएको हो ।
सुर्यकुण्ड हाइड्रोले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं। १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे।वा। क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २२० करोड रूपैयाँ रहने र आयोजनाको लागि आवश्यक ऋण १३५ करोड रूपैयाँ नेपाल एस।वि।आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीको बहुमत शेयर लगानी रहेको छ ।
आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के।भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडौं सवस्टेशनमा ल्याइनेछ ।