बुधबार पनि नेप्से घट्यो,कारोबार रकम कति ?

काठमाडौं । बुधबार फेरी शेयर बजारमा भारी गिरावट देखिएको छ । सोमबार र मंगलबारको कारोबारको दिन झिनो गिरावट देखिएको शेयर बजारमा बुधबारसम्म आइपुग्दा पहिरो गएको हो ।

प्रोफिट बुक गर्नेहरु जारी रहँदा बजार तल झरेको शेयर विज्ञ भरतमुणी रानाले बताए । थोरै लाभमै प्रोफिट बुक गर्नेहरु सक्रिय भएपछि नेप्से दबाबमा परेको शेयर बजारमा प्रभाव परेको उनको भनाइ थियो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा भारी गिरावट आउँदा आज १३ वटै उपसूचक ओराला लागेका छन् । बुधबार बैंकिङ समूहको १.०३ प्रतिशत, विकास बैंक समूहका ३.१८ प्रतिशत, हाइड्रोपावर समूहको २.६ प्रतिशत, फाइनान्स समूहको ४.७३ प्रतिशत, जीवन बीमा समूहको २.१८ प्रतिशत र निर्जीवन बीमा समूहको १.८६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

प्रतिक्रिया