नेप्से र कारोबार रकम दुवैमा गिरावट, नौं कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं - दुई दिनको सार्वजनिक विदापछि खुलेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । 

नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ । आज बजार १७ अङ्कले घटेर समग्र बजार २०७० को विन्दुमा आएको छ । बुधबार ५ अर्ब २४ करोड भन्दा धेरैको शेयर किन बेच भएको छ । 

आज कारोबार भएका मध्य १५९ भन्दा धेरै कम्पनीको शेयर मूल्य घटेको छ ।

त्यस्तै ९ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।बुधबार नेपाल इन्स्योरेन्स, इन्फीनिटि लघुवित्त, मनकामना इन्जिनिरिङ्ग, चिरख्वा हाइड्रोपावरसहित ९ कम्पनीको सेयरमा सर्किट लागेको हो । त्यस्तै ३ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा सोनामपुर मिनिरलको शेयर सबै धन्दा धेरै मूल्यको कारोबार भएको छ । 

प्रतिक्रिया