जीवनको एउटा अब्बल सिर्जना "मिठो बोलिदेउन"

काठमाडाैं - छोटो समयमा उत्कृष्ट सिर्जनाहरू सार्वजनिक गरेर चर्चामा रहेका सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत "मिठो बोलिदेउन्"भर्खर मात्र सार्वजनिक भएको छ । 

फरक धारको सो गीतलाई जीवन आफैले लय सिर्जना गरेका हुन् भने शब्द भने सर्जक गणेश अधिकारीसँग मिलेर बनाएका छन् । 

माया प्रेमलाई विषय बनाएको सो गीतको अडियो भिडियो निकै दमदार बनेको छ । गीतलाई बादल थापा र शान्ति श्री परियारले आवाज दिएका छन् । 

क्रान्ति केसीको निर्देशन रहेको गीतमा लोमस शर्मा र गिता ढुङ्गानाको अभिनय रहेको छ । 

गीत सार्वजनिक भएपछि सबै बाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले जनाएको छ । 

 

प्रतिक्रिया