दयनीय अवस्था देखेर महरालाई छोडिएको हो- गृहमन्त्री लामिछाने

काठमाण्डौं - गृहमन्त्री रवि लामिछानेले सुनकाण्डमा छानबिनमा रहेका कृष्णबहादुर महरालाई उनको स्वास्थ्य अवस्थाका कारण करुणाका भावले हाजिरी जमानीमा छोडिएको बताएका छन्। 

आज एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले भने "राज्यको पनि करुणा भन्ने भाव हुन्छ,त्यसैले महरालाई अहिले छोडिएको हो।"

सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टीकरण दिए ।

"बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिर जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे ।"

 बिरामी भएर ८/१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिर जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया