काठमाडौं - लोकप्रिय गायिका मञ्जु पौडेललाई मातृ शोक परेको छ ।
पौडेलकी आमाको भगवती पौडेलको आज ज्यान गएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उहाँ क्यान्सर रोग बाट पीडित हुनुहुन्थ्यो ।
गुल्मी जिल्ला बंगा गाविसमा जन्मिएकी गायिका पौडेललाई मातृशोक परेपछि धेरै कलाकारहरुले समवेदना प्रकट गरिरहेका छन् ।