साताको पहिलो दिनमै घट्यो नेप्से,हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ताको आँखा

काठमाण्डौ । साताको पहिलो दिनमै नेप्से दोहोरो अङ्कले घटेको छ । नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । 

आज सूचक १०.५० अङ्कले घटेर समग्र बजार २०८५ को विन्दुमा आएको छ ।  दिनभरिमा ३०५ कम्पनीको ४ अर्बमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य आज केबल ९१ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको घटेको छ । 

नेप्से घटे पनि २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा हिमालयन रि इन्स्योरेन्सको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ । उपसूचकमा विकास बैक,जलविद्युत बाहेक अरु उपसूचक रातै भएका छन भने उत्पादन उपसूचकमा धेरै गिरावट आएको छ । 

बोनस शेयर पछि हक प्रदक निष्कासनको सूचना पछि हिमालयन इन्स्योरेन्सको शेयरमा लगानीकर्ता धेरै आकर्षित भएको देखिन्छ भने यो कम्पनीको शेयर मूल्य समेत बढेको छ । 

प्रतिक्रिया