उतारचढाव बीच नेप्सेमा दोहोरो अंकको गिरावट,कारोबार रकम भने सात अर्बमाथि

काठमाडौंँ - आज (मंगलबार) नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झरेकाे छ । नेप्से ०.९७ प्रतिशतले घटेकाे हो । 

यता सेन्सेटिभ परिसूचक पनि ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा झरेको छ ।कूल २५४ वटा कम्पनीकाे २ कराेड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाेे सेयर बढेकाे छ । बैंक र म्युचुअल फण्ड समूह बढेकाे हाे ।मंगलबार ङादी ग्रुप पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड २१ लाख एक हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन बाराही हाइड्राेपावर कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय १२ रूपैयाँ ७० पैसा पुगेकाे छ ।आज तारागाउँ रिजेन्सीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.७४ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ३८ रूपैयाँ ४० पैसामा झरेकाे छ ।

प्रतिक्रिया