शिवको सिर्जना "सिताको माइती" चर्चामा, खुशी छन् सुर्य (भिडियो सहित)

काठमाडौँ — नेपालीहरूको ठुला पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।

कुशल सर्जक शिव अखेलीले यो वर्ष पनि थुप्रै तीज गीतहरूमा कलम चलाएका छन्। तीमध्ये "सिताको माइती" भर्खर मात्र सार्वजनिक भएको छ। मौलिकता झल्किने यस गीतलाई दर्शक स्रोताले छोटो समयमै निकै मन पराएका छन्।

शिव र सुर्य खड्काले थुप्रै गीतहरूमा सहकार्य गरिसकेका छन् भने यो गीतमा पनि उनीहरूको जोडी देख्न सकिन्छ। गीतलाई शिवले सिर्जना गरेका हुन् भने सुर्य खड्का र सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन्।

अडियोसँगै गीतको भिडियो पनि राम्रो बनेको छ। जीवन कुमार ज्ञवालीले निर्देशन गरेको भिडियोमा विजय पुन र जुना विश्वकर्माले अभिनय गरेका छन्। गीतको संगीत संयोजन विश्वास नेपालको रहेको छ।

 

प्रतिक्रिया