काठमाण्डौ । सँधै चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत "परान बाँकी छ" ले दर्शकको राम्रो माया पाउन सफल भएको छ ।
नेपालका जिल्लाहरूको नामबाट संयोजन गरिएको सो गीतले माया प्रेमलाई समेत उठाएको छ । उनको सो गीत सार्वजनिक भएको छाटो समयमै उत्कृष्टको सूचीमा पर्न सफल भएको छ भने एक लाख भन्दा धेरै दर्शकले गीत हेरिसकेका छन ।
पछिल्लो समयका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाज रहेको गीतमा विष्णु खत्रीले नै लय तथा शब्द सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो सामान्य बनाइएको छ जसको निर्देशन खत्री आफैले गरेका छन ।