एनआईसी एशियाले फ्लेक्सी क्याप फण्ड बिहीबारदेखि बिक्री खुला गर्ने

काठमाडौंँ - एनआईसी एशिया क्यापिटल लिमिटेडले जेष्ठ १९ गते बिहीबारदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिने छ ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । क्यापिटलको उक्त फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा अषाढ २ गतेसम्म आवेदन दिने समय लम्बिने छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया