पूर्व युवराज पारशलाई किन प्रहरीले नियन्त्रणमा लिएर छाड्यो ?


काठमाडौं–पूर्वयुवराज पारस शाहलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । प्रहरीमाथि अभद्र व्यवहार गरेकाले शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिएको थियो ।


हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो । पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ ।nउनी समर्थकसहित देखिएका थिए । भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले लछारपछार गर्दै ‘जान्न’ भनिरहेका थिए । 


महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि सम्झाएर छोडिएको छ । ‘ट्राफिक प्रहरीले समातेपछि वादविवाद भएको हो, उहाँलाई सम्झाएर पठाइएको छ,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने । पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्।


 

प्रतिक्रिया