काठमाडौं–कोभिडको कारण थलिएको अर्थतन्त्र चलायमान भएसँगै बैंक तथा वित्तीय संस्थाले पनि मुनाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना वाणिज्य बैंकहरुले साढे १३ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।
कोभिडको संक्रमण घटेसँगै बजारमा आर्थिक गतिविधि बढेका छन् । २७ वाणिज्य बैंकले १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक रहेको छ ।
वाणिज्य बैंकले १ अर्ब ६ करोड ८८ लाख ६० हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकले ९ अर्ब ८५ करोड, नविल बैंकले ९३ करोड ४५ लाख १० हजार, एनआईसी एसिया बैंकले ८१ करोड ६१ लाख नाफा कमाएका छन् । कृषि विकास बैंकले ७८ करोड ४८ लाख ९० हजार, सिद्धार्थ बैंकले ७५ करोड ५२ लाख ३० हजार, सेञ्चुरी बैंकले २१ करोड १३ लाख, बैंक अफ काठमाण्डूले २१ करोड ५४ लाख, नेपाल एसबीआई बैंकले २३ करोड १८ लाख, नेपाल बंगलादेश बैंकले २८ करोड ३१ लाख, सिलिभ बैंकले १९ करोड ३७ लाख, नेपाल बैंकले १५ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल बैंकभन्दा थोरै बढी नाफा आर्जन गर्नेमा सिभिल बैंक रहेको छ । त्यस्तै कारोना महामारी न्यून भएसँगै बैंकहरुले लगानी बढाएका छन् । बैंकले लगानी बढाएसँगै नाफामा समेत सुधार देखिदै गएको छ । पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव देखिएको छ ।
बैंकमा निक्षेप संकलन न्युन भएको र कर्जाको माग बढेसँगै बैंकहरुले निक्षेप संकलन गर्नको लागि ब्याजदरलाई हतियार बनाएका थिए । बैंकहरुले ब्याजदरमा मनोमानी गर्न थालेपछि राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ ।