पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,निको हुनेको संख्या कति

पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि  भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया