आज देशभर बदली, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया आकाश बदली हुने जनाएको छ।

महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार सबै प्रदेशका केही स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ।

आज राति पनि देशभर आकाश साधारणतया बदली रहने महाशाखाले स्पष्ट पारेको छ। यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बाँकी प्रदेशका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

यसैबीच, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। महाशाखाले वर्षा सम्भावनासँगै नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा बाढीको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय