ललितपुर — ललितपुर महानगरपालिका–२ सानेपास्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश ०३–००१ प ०४२४ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं टेकुमा बसोबास गर्ने र कैलाली घर भएकी ४० वर्षीया नम्रता ज्ञवालीको ना.६ ख ४६२४ नम्बरको ट्रकले शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।