साताको अन्तिम दिन नेप्से ७.३७ अंकले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ७ दशमलव ३७ अंकले घटेर २ हजार ६ सय ४३ दशमलव ८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो।

नेप्से घटे पनि शुक्रबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३ सय ४४ कम्पनीका ९७ लाख ५४ हजार ४ सय ३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छ।

बिहीबार ३ सय ४७ कम्पनीका १ करोड २ लाख २५ हजार ८ सय ७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये १ सय १ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६४ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

यस दिन जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहका उपसूचक बढेका छन्। बाँकी ९ वटा उपसूचक घटेका छन्। व्यापार समूहको उपसूचक सर्वाधिक २ दशमलव ५७ प्रतिशतले घटेको छ।

शुक्रबार सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १२ दशमलव ८३ प्रतिशतले घटेको छ।

यता दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशत तथा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय