काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
आज बजार २०.६२ अंकले बढेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजारको कारोबार भएको छ ।
बजारमा सुधार आएसँगै १० वटा उपसूचकमा हरियाली छाएको छ । आज कारोबार भएका मध्य ११ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने सोनापुर मिनिरलको सबै भन्दा धेरै कारोबार भएको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको शेयरमा धेरै चाम देखिएको थियो । आज यो कम्पनीको शेयर मूल्यमा समेत सर्किट लागेको छ ।