बिहीबार एक्कासी बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । महासंघले लगातार दुई दिनदेखि घटेको सुनको मूल्य आज उकालो लागेको जानकारी दिएको हो । यसअघि, मंगलबार र बुधबार निरन्तर मूल्य ओरालो लागेको थियो ।


यसैगरी, आज चाँदीको मूल्य पनि बढ्दो छ । प्रतितोला १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया