काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको अझै पनि आकर्षण देख्न सकिन्छ । आइतबारबाट भने कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ भने कारोबारमा भने लगानीकर्ताको निकै चासो देखिएको छ ।
आइतबार नकारात्मक सर्किट साथै सोमबार समेत शेयर मूल्य घटेर कारोबार भएको सो कम्पनीको शेयर मूल्यमा आज बिहिबार सम्म आइपुग्दा एकोहोरो ओरालो लागिरहेको छ ।
यो समाचार तयार गर्दा सम्म कम्पनीको शेयर मूल्य ३० रुपैयाँ प्रति शेयर घटेर ८ सय ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
कम्पनीको १ हजार कित्ता भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य अधिकतम १०८३ सम्म पुगेको थियो ।