खाद्यान्न व्यापारमा ५२ अर्ब घाटा, चामल र मकै प्रमुख आयात वस्तु

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले झण्डै ५३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ। भन्सार विभागका अनुसार यो अवधिमा कुल ५२ अर्ब ६१ करोड ९० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो, जबकि निर्यात भने झण्डै आठ करोड रुपैयाँको मात्र भएको छ।

खाद्यान्न आयात–निर्यातको तुलनात्मक अध्ययन गर्दा नेपालले करिब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोर्नु परेको देखिन्छ। दश महिनामा राज्यले खाद्यान्न आयातबाट ४ अर्ब ७० करोड रुपैयाँको राजस्व संकलन गर्न सफल भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार, चामल मात्र १५ अर्ब ७६ करोड ४५ लाख रुपैयाँको आयात भएको छ भने मकैको आयात १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यस्तै, गहुँ, धान, कोदो लगायतका अन्य खाद्यान्न पनि भारत, चीन, बंगलादेशजस्ता देशबाट नेपालले आयात गर्दै आएको छ।

 
२०८१/८२ साउन–वैशाख: खाद्यान्न आयात-निर्यात विवरण
शिर्षक रकम (रुपैयाँमा)
कुल खाद्यान्न आयात ५२ अर्ब ६१ करोड ९० लाख
कुल खाद्यान्न निर्यात झण्डै ८ करोड
व्यापार घाटा ५२ अर्ब ५३ करोड
राजस्व संकलन ४ अर्ब ७० करोड
चामल आयात १५ अर्ब ७६ करोड ४५ लाख
मकै आयात १५ अर्ब ९३ करोड ४९ लाख

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय