काठमाडौं – गायक सरोज लामिछाने र गायिका शान्तिला सुब्बाको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक गरिएको छ। गीत सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतको रचना र संगीत स्वयं गायक लामिछानेले गरेका छन् भने भिडियोमा पारस बास्ताकोटी र ज्योति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। मायालु भाव, समर्पण र नेपाली सांस्कृतिक झल्कोलाई समेटेको यो गीतले दर्शकको मन छुने विश्वास गरिएको छ।
संगीत संयोजन विष्णु तामाङले गरेका छन्। भुवन गन्धर्वको मादल र ढोलक, रत्न बिकको बांसुरी, हेमन्त कञ्चनको सारंगी, बलबहादुर जैरूको सहनाइ र गणेश भूषालको ट्रम्पेटले लोकधुनलाई आधुनिकतासँग मिश्रण गरी गीतलाई विशेष बनाएका छन्।
गीतको मिश्रण तथा मास्टरिङ कुमार राना मगरले गरेका छन् भने रेकर्डिङ खुमान राना मगर र सुमन राना मगरको संयोजनमा मारुनी रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।
भिडियो निर्देशन र कोरियोग्राफी पारस बास्ताकोटीको रहेको छ, जसमा उनले ज्योति खड्कासँग अभिनय पनि गरेका छन्। छायांकन रमित बोहोरा र उनको टिमले गरेका हुन् भने सहायक छायाकार सुजन तोलांगी थिए। सम्पादन तथा रङ संयोजन राज धामीले गरेका छन्। श्रृंगार संयोजन सिमा शाहीको रहेको छ भने सम्पूर्ण पोष्ट-प्रोडक्सन कार्य साइपाल प्रोडक्सन, शान्तिनगर काठमाडौंमा सम्पन्न भएको हो।