फेरी घट्यो ईन्धनको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

आगामी १५ दिनका लागि नयाँ मूल्य लागू हुनेछ। भोलि (२०८१ चैत १९) राति १२:०१ बजेबाट कार्यान्वयन हुने छ ।

नयाँ दरअनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेलमा प्रतिलिटर रु २, मट्टितेलमा रु २ र हवाइ इन्धनमा रु ७ घटाइएको छ। आज बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो । 

प्रतिक्रिया