काठमाण्डौ । जापानमा रहेर नेपाली गीत संगीत अत्यन्तै माया गर्ने गायिका निशा क्षेत्रीको आवाज रहेको नयाँ गीत जापानी भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय सर्जक सागर विरहीको लय तथा शब्द सिर्जना रहेको गीतले जापान गएका युवा युवतीको कथालाई गीतमा उतारेको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतमा निशा क्षेत्रीलाई इश्वर थापाले साथ दिएका छन ।
तेजेन्द्र भण्डारीको निर्देशन रहेको गीतमा गायक गायिकाको अभिनय देख्न सकिन्छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आएको गायिका क्षेत्रीले हामीलाई बताउनु भयो ।