देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। यसको असरस्वरूप कोशी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यस्तै, ती प्रदेशका केही स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षासहित हिमपात हुने सम्भावना छ।

आज राति पनि कोशी र मधेस प्रदेशसँगै देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्यत्र एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने सम्भावना छ।

मौसममा देखिएको यो परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय