☰

नेप्से र कारोबार रकम दुवै घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार फेरि ओरालो लागेको छ। नेप्से परिसूचक ९.७० अंकले घट्दै २,७६७.२० बिन्दुमा पुगेर बन्द भएको हो।

यसअघि लगातार दुई दिन सामान्य वृद्धि भएको बजार आज भने नकारात्मक संकेतमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.१० अंक, फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले ओरालो लागेको छ।

बजारसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भए पनि बुधबार ५ अर्ब २० करोड रुपैयाँमा सीमित भएको हो।

आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुग्दै २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, चन्द्रागिरी हिल्सको सेयरमूल्य करिब साढे ७ प्रतिशतले बढ्दा पञ्चकन्या माइ हाइड्रोपावर ९.०३ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। आज १३ उपसमूहमध्ये २ उपसमूह मात्र बढ्दा ११ उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय