काठमाण्डौ । बुधवार प्रिओपन सेसनमा नेप्से करिव ९ अंकले बढेको छ ।
मंगलबार पनि दोहोरो अंकले बढेर बजार बन्द भएको थियो । योसँगै ३०८८ विन्दुमा पुगेको छ । यो सेसनमा आज ६४ कम्पनीहरुको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
करिव २ करोड हाराहारीमा कारोबार हुँदा अरुण भ्यालीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।