भाद्र महिनाको लागि पनि ब्याजदर नबढ्ने

काठमाण्डौ । भाद्र महिनाको लागि पनि वाणिज्य बैंकको ब्याजदर स्थिर हुने भएको छ । 

आइतबार बैकर्स संघ नेपालको बैठकले अहिलेको अवस्थामा भाद्र महिनाको लागि ब्याजदर नबढाउने भद्र सहमति गरेको हो । तर संस्थागत निक्षेपको ब्याज भने व्यक्तिगतको तुलनामा २ प्रतिशत कम गर्ने गरि बैंकको तयारी रहेको छ । 

नयाँ सहमति अनुसार निक्षेपमा अधिकतम ११.०३ प्रतिशत सम्म दिन पाइने छ भने संस्थागत मुद्दती निक्षेपमा भने ९.०३ प्रतिशत ब्याज दिन पाइने छ । त्यस्तै साधारण व्याजमा भने ६.०३ प्रतिशत सम्म व्याजको दिन मिल्ने छ । 

प्रतिक्रिया