काठमाडाैं - लोकप्रिय लोक गायक राजेन्द्र सापकोटाले हालै आफ्नो नयाँ गीत ‘मै दुखीको लास’ सार्वजनिक गरेका छन्। गीतले नेपाली समाजमा आर्थिक संकटले पिडित गरीब र निम्न वर्गीय परिवारको वास्तविकता प्रस्तुत गरेको छ। पछिल्लो समय गाउँमा पलायन हुने र त्यसले पार्ने असरलाई समेत गीतमा उठान गर्न खोजिएको छ।
गीतको शब्द र संगीत सापकोटाले नै सिर्जना गरेका छन्, भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ। गीतको अडियो र भिडियो अत्यन्तै उत्कृष्ट बनाइएको छ।
सो समाजका तल्लो वर्गका मानिसहरूको पीडा र आर्थिक समस्याहरूलाई प्रमुख विषयवस्तु बनाइएको छ। गीतको म्युजिक भिडियो गायक सापकोटाको निर्देशनमा तयार भएको हो, जसमा म्याग्दीका चर्चित कलाकार रवि कार्कीले जीवन्त अभिनय प्रस्तुत गरेका छन्। कार्कीले गीतको भावनालाई पूर्णतः आत्मसात् गर्दै दर्शकलाई गहिरो अनुभूति गराउन सफल भएका छन्।
गीत सार्वजनिक भएपछि दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया समेत पाएको छ। लामो समयदेखि गीतसंगीतमा सक्रिय सापकोटाले समाजमा घटेका विषयवस्तुमा आधारित रहेर उत्कृष्ट गीतहरु प्रस्तुत गर्दै आएका छन् ।