प्रभु बैंकका ग्राहकलाई माछापुच्छ्रे पोलीक्लिनिकमा २० प्रतिशतसम्म छुट

पोखरा । माछापुच्छ्रे  पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ। पोखरा महानगरपालिका–२७, तालचोकस्थित पोलीक्लिनिकसँग भएको उक्त सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारजनले स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौतापत्रमा मामाछापुच्छ्रे  पोलीक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका थिए।

प्रभु बैंक हाल नेपालभर ३१२ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित अगाडि बढिरहेको बैंक हालै “बैंक अफ द इयर २०२३” र “फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४” अवार्डबाट सम्मानित भएको छ।

प्रतिक्रिया