थुनामा पठाउने आदेशसँगै रास्वपा अध्यक्ष लामिछाने पक्राउ

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको आदेशपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

अदालतले थुनामा राख्न निर्देशन दिएसँगै केही साधा पोशाकका र केही पोशाकधारी प्रहरीहरू लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेका थिए र उनलाई नियन्त्रणमा लिएका थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको अघिल्लो आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउनुपर्ने ठहर गरेको हो।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश दिएको हो। पक्राउपछि उनलाई शनिबार मात्रै बुटवल, भैरहवा लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया