विपक्षीको अवरोधपछि संसद्मा प्रधानमन्त्री शाहको जवाफ आउने

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको स्पष्टीकरण दिने कार्यक्रम तय गरिएको हो ।

यसअघि रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममाथि अहिले प्रतिनिधि सभामा दफावार छलफल जारी छ ।

छलफल सकिएपछि प्रधानमन्त्रीको जवाफसहित संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरिने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रमसमेत तय गरिएको छ ।

यसअघि हिजो बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया