प्रि-ओपन सेसनमा करिब ४अंकले बढ्यो नेप्से

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३२.३१ अंक बढेर २७३३.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९७ अंक बढेर २७३७.०९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको ४ लाख ८२ हजार ७३६ रुपैयाँ ५० पैसा बराबरको ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


प्रतिक्रिया