काठमाडौं । बुधबार पनि शेयर बजार घटेसँगै लगानीकर्ता निराश भएका छन । नेप्से मात्र होइन कारोबार रकममा पनि कुनै सुधार हुन सकेको छैन ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज १२।८१ अकंले घटेर १८४५।५१ बिन्दु बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २।६१ अकंले घटेर १८५८।३३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको थियो ।
आज सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै कम्पनीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको २ करोड ४१ लाख ५१ हजार रुपैयाँ, रिडि पावरको २ करोड ३३ लाख १९ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको १ करोड ८६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।