माघ २२ गते संसद अधिवेशन आह्वान

काठमाडौँ । लामो समयदेखि अलमलका विच हिउँदे  अधिवेशन आह्वान भएको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदनको अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् । 

यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो । 

प्रतिक्रिया